साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार यस्तो सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा ५ हजार रुपैयाँ बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार तोलाको १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, शुक्रबार भने १ हजार १०० रुपैयाँ घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा जोखिम सम्पत्तीहरुसँग सम्बन्धित बिटक्वाइन र इक्विटीको भाउ डगमगाउनुका साथै इजराइलले थप आक्रमण गर्ने अनुमानले मध्यपूर्वमा तनाव बढ्ने अनुमानले विश्वव्यापी व्यापारमा अन्योलता छाउँदा सुरक्षित लगानीको रुपमा रहेको सुनको मूल्य बढ्न गएको विश्लेषकहरुको भनाइ छ।
यस साताको आइतबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य, शुक्रबार २ हजार ५ रुपैयाँमा कारोबार भएको छ।
