Ipo.aspx merolagani - गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

May 25, 2025 06:30 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २६११.८५ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९४ प्रतिशत अर्थात ७६.७० अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो।

 

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से परिसूचक २६५० देखि २७०० को प्रतिरोध क्षेत्र परीक्षण गरी तल झरेको नेप्से, यस साता बढेर पुनः सोही क्षेत्रमा पुगेको छ। यद्यपि, गत साताको बुधबार नेप्सेले २७५० देखि २८०० को प्रतिरोध क्षेत्र पनि परीक्षण गरेको थियो। आगामी दिनमा नेप्से ओरालो लागेमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। त्यसैगरी, गत साताको तीन कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। जसले पनि ती दिनहरुमा बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ७४ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ९६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २.४५ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।