Ipo.aspx merolagani - निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Jun 05, 2025 03:25 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ। यस दिन फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ। सेन्सेटिभ इण्डेक्स भने यस दिन स्थिर रहेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७७ हजार ६७० पटकको कारोबारमा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोडबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।