Ipo.aspx merolagani - नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

Jun 03, 2025 03:26 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ३५.७३ अंक घटेर २६५८.९३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ७५ हजार ५०८ पटकको कारोबारमा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य साढे ५ प्रतिशत बढेकाे छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १५ लाख २ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४० करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

भारतका कोलकत्ता, मुम्बईसहित विश्वभरका ४८ शहर समुन्द्रमा डुब्दै, १६ करोड मानिसलाई अन्यत्रै सार्नु पर्ने

Jun 06, 2025 12:12 PM

बढ्दो जलवायु परिवर्तनका कारण विश्वका ४८ वटा शहरहरु समुद्रमा डुब्दै गइरहेका छन् । त्यसमा बसोबास गर्ने कम्तिमा १६ करोड मानिसलाई अन्यत्र बसोवासको व्यवस्था नगरे जुनसुकै बेला खतरा आइलाग्ने एउटा अनुसन्धानले देखाएको छ ।