Ipo.aspx merolagani - सुनको मूल्य ऐतिहासिक उचाई नजिक, दैनिक रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने घट्यो

सुनको मूल्य ऐतिहासिक उचाई नजिक, दैनिक रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने घट्यो

Aug 27, 2025 10:58 AM Merolagani

भदौ ११ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर ऐतिहासिक उचाई नजिक पुगेको हो ।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने यस दिन घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । बुधबारको बजारमा चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबारको बजारमा दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हाे।

 

comments powered by Disqus

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।