Ipo.aspx merolagani - रेकर्डस्तरमा सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार?

रेकर्डस्तरमा सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार?

Aug 28, 2025 10:49 AM Merolagani

भदौ १२ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य रेकर्डस्तरमा पुगेको छ भने चाँदीकाे मूल्य पनि बढेकाे छ।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात बुधबार, नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो। यस अघि गत साउन २३ गते पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

comments powered by Disqus

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।