Ipo.aspx merolagani - प्रतितोला २ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य, चाँदी रेकर्डस्तरमा कारोबार

प्रतितोला २ लाख रुपैयाँ नाघ्यो सुनको मूल्य, चाँदी रेकर्डस्तरमा कारोबार

Aug 29, 2025 10:42 AM Merolagani

भदौ १३ गते, शुक्रबार, नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख नाघेको छ। अघिल्लो दिन अर्थात बिहीबार रेकर्डस्तरमा कारोबार भएको सुनको मूल्यले यस दिन सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य रेकर्डस्तरमा कारोबार भइरहेको छ। गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा भने यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

comments powered by Disqus

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।