Ipo.aspx merolagani - शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा सामान्य बढ्यो

शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा सामान्य बढ्यो

Feb 12, 2021 09:40 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबैमा सामान्य सुधार भएको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ८९ लाख रुपैयाँ र खुद नाफा २ करोड ५३ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत २८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यबाट ११ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ।

१ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ तथा बीमा कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ६७ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ५ करोड रुपैयाँ सञ्चित थियो।

पुस मसान्तसम्ममा १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको ३६ हजार १२१ बीमालेख नवीकरण गरिएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६७.९७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ।

 

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।