Ipo.aspx merolagani - सानिमा जनरल इन्स्योरेन्सका खुद नाफा ६२ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सका खुद नाफा ६२ प्रतिशतले बढ्यो

Feb 12, 2021 03:20 PM Merolagani

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२.२८ प्रतिशत अर्थात १ करोड १३ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १ करोड ५५ लाख रुपैयाँले बढेर ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ४ करोड ८७ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट ७९ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड १३ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ महाविपत्ती कोषमा ७२ लाख २२ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीले ३६ हजार ५५० वटा बीमालेख जारी गरी २८ करोड ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले ८५८ वटा दाबी बापत ७ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ३७० वटा दाबी वापत १७ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात १०२.४१ गुणा रहेको छ।

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।