Ipo.aspx merolagani - कात्तिक १ गतेदेखि अवितरित हकप्रद लिलाम बिक्री गर्दै सिनर्जी पावर

कात्तिक १ गतेदेखि अवितरित हकप्रद लिलाम बिक्री गर्दै सिनर्जी पावर

Oct 09, 2023 08:58 AM Merolagani

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) ले कात्तिक १ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २ बराबर १ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद शेयर, असोज १६ गते बाँडफाँट गरेको थियो। कम्पनीले बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयरका लागि कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।