कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता शेयर बाँडफाँट गरेको हो।
यस अनुसार बाँडफाँटमा नपरेको कम्पनीको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलाम बिक्रीमा आउने भएको छ।
हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका शेयरधनीहरुलाई बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम असोज १९ गतेदेखि आईपीएस मार्फत रकमान्तर गरिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।