Ipo.aspx merolagani - अपर तामाकोशीको लिलामी शेयरमा कहिलेसम्म पेश गर्न सकिन्छ बोलपत्र?

अपर तामाकोशीको लिलामी शेयरमा कहिलेसम्म पेश गर्न सकिन्छ बोलपत्र?

Jan 09, 2024 11:56 AM Merolagani

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको हो। सो शेयर खरिदका लागि पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिनेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा कुनै हद तोकिएको छैन।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ्ग, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।