Ipo.aspx merolagani - सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

Dec 05, 2023 09:29 AM Merolagani

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले लिलाम बिक्री गर्न लागेको सूर्योदय वोमी लघुवित्त (SWMF) को ९७ लाख ३०५ कित्ता शेयरका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्। त्यसैगरी, नागरिक लगानी कोष (CIT) को २५ हजार कित्ता शेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले यी दुबै कम्पनीको शेयर खरिदका लागि आज (मंसिर १९ गते) देखि मंसिर २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। सूर्योदय वोमी लघुवित्तको शेयरको न्यूनतम मूल्य १९६ रुपैयाँ तोकिएको छ भने नागरिक लगानी कोषको मूल्य ६८६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले सूर्योदय वोमी लघुवित्तको न्यूनतम १०० कित्ता र नागरिक लगानी कोषको न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको ट्रेड टावर नेपाल, थापाथलीस्थित कर्पोरेट कार्यालय तथा विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।