Ipo.aspx merolagani - हिमालयन रिको आईपीओमा दाेश्राे दिनसम्म मागकाे आधा मात्र आवेदन

हिमालयन रिको आईपीओमा दाेश्राे दिनसम्म मागकाे आधा मात्र आवेदन

Dec 14, 2023 05:49 PM Merolagani

हिमालयन रि इन्स्योरेन्स कम्पनी(HRIL)को प्रिमियम मूल्यमा खुलेको आईपीओमा दाेश्राे दिनसम्म मागकाे आधा मात्र आवेदन परेकाे छ । बुधबारदेखि खुलेको आईपीओमा बिहीबारसम्ममा ७ लाख भन्दा बढी आवेदन परेका छन् । 

कम्पनीको आईपीओमा दाेश्राे दिन एक कराेड ३२ लाख ५१ हजार ५१० कित्ताको शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहिबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ७ लाख ३३ हजार ६६ वटा आवेदन परेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरेको छ। त्यसैगरी, कम्पनीले १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई तथा ५ प्रतिशत अर्थात १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले निष्काशन गरेको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसारको पर्याप्त आवेदन नपरे निष्काशन अवधि पुस ११ गतेसम्म थप गरिनेछ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।