Ipo.aspx merolagani - चुक्ता पूँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने

चुक्ता पूँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने

Dec 18, 2023 10:16 AM Merolagani

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न लागेको हो।

पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हाल ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी, हकप्रद शेयर निष्काशनपश्चात ५ अर्ब नाघ्नेछ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सले थप्यो आईपीओमा आवेदन दिने समय

Dec 17, 2023 06:35 AM

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।