Ipo.aspx merolagani - चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन

चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन

Dec 22, 2023 08:56 AM Merolagani

पुस ६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते, आइतबार बुकक्लोज गर्दैछ।

बुकक्लोज अघिको अघिल्लो कारोबार दिन बिहीबार भएकोले नेप्सेले यस दिन नै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५१९ रुपैयाँ ८२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ५७१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ। कम्पनीको साधारण सभा राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।