Ipo.aspx merolagani - आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन

आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन

Nov 23, 2023 06:20 AM Merolagani

कात्तिक ७ गते बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको ८.६० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ४८७ रुपैयाँ ७५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले मंसिर १५ गते, शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।