Ipo.aspx merolagani - नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन

नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन

Dec 15, 2023 06:15 AM Merolagani

मंसिर २९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ३.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, बैंकको शेयर प्रतिकित्ता ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले पुस १३ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।