Ipo.aspx merolagani - नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन

नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन

Dec 25, 2023 08:57 AM Merolagani

पुस ९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल (NLO) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २२५ रुपैयाँ ९२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता २८२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।