Ipo.aspx merolagani - सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Dec 30, 2023 06:35 AM Merolagani

यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २१०९.१० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९१ प्रतिशत अर्थात ४०.२० अंक घटेर २०६८.९० विन्दुमा झरेको छ।

यस साता ३ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। सो तीनै कारोबार दिन नेप्से घटेर बन्द भएको हो। गत साता ११४ अंक बढेको बजारमा यस साता करेक्सन भएको हो। अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस साता नेप्सेमा करेक्सन भएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स २.८२ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ प्रतिशत घटेको छ।

यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.३२ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या १९.४५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.५७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.९१ प्रतिशत अर्थात ६२ अर्ब रुपैयाँ घटेर ३२ खर्ब १३ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक १.९७ प्रतिशत बढेको हो भने म्युचुअल फण्ड उपसमूहको ०.८० प्रतिशत बढेको हो।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.९८ प्रतिशत घटेको छ। गत साता ३०८३.०२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २१५.२७ अंक घटेर २८६७.७५ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस साता ४ स्टकको शेयर ३३ प्रतिशतभन्दा बढी बढेको छ। यस साता चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयरमूल्य ३३ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक १२.६६ प्रतिशत घटेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ११.२४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने इमर्जिङ्ग नेपाल, बरुण हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।