Ipo.aspx merolagani - नेप्से सवा ४ प्रतिशतले घट्दा यी हुन सबैभन्दा धेरै बढ्ने र घट्ने १० कम्पनी

नेप्से सवा ४ प्रतिशतले घट्दा यी हुन सबैभन्दा धेरै बढ्ने र घट्ने १० कम्पनी

Jan 06, 2024 06:00 PM MeroLagani

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लचकता अपनाएपछि बढेको शेयर बजाले गते पुस ४ गते २१४१.४७ को उच्च विन्दु छोयो । त्यसपछि भने लगातार ९२.५९ अंक घटेर गत बिहीबार पुस १९ गते २०४९.२८ विन्दुमा बन्द भयो । पछिल्लो र्यालीको ओरालो यात्रामा नेप्से परिसूचक ४.३२ प्रतिशतले घटेको छ ।

नेप्से घट्दा नेप्सेलाई नै ओभेरटेक गरेर लाइफ इन्स्यारेन्सको परिसूचक घटेको छ भने त्यसलाई क्रमशः फाइनान्स, होटल तथा पर्यटन, विकास बैंक, बैंक, माइक्रोफाइनान्स, अन्य क्षेत्र, इन्भेष्टमेन्ट, नन लाइफ इन्स्योरेन्स र म्युचुएल फन्डले पनि घट्दो ट्रेन्डलाई नै समातेको छ । अन्य समूह, माइक्रोफाइनान्स, बैंक, विकास बैंक, होटल तथा पर्यटन, फाइनान्स र लाइफ इन्स्योरेन्स समूह नेप्से भन्दा बढी घटे भने उत्पादनमूलक समूह र हाइड्रोपावर समूहका लगानीकर्ता भने नेप्से घट्दा पनि नाफामै रहे ।

नेप्से घट्दा पनि नाफामा रहेका यी १० कम्पनी

नेप्से परिसूचक ओरालो गतिमा रहँदा पनि यी १० कम्पनीको मूल्य लगातार बढिरहेको पाइएको छ । हालै मात्रै नेप्सेमा सूचीकृत रहेको कृषि क्षेत्रको एक मात्र कम्पनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेप्से घट्दा पनि लगातार सर्किट ब्रेक लगाएर उभो गतिमा नै रह्यो । नेप्सेले टप लगाउँदा २८७.६० विन्दुमा रहेको मुक्तिनाथ कृषि कम्पनी गत बिहीबार बजार बन्द हुँदासम्म १ सय १४ दशमलब ११२ प्रतिशतले बढेर ६ सय १५ रुपैयाँ ८० पैसामा कारोबार भयो ।

त्यस्तै माइक्रोफाइनान्स समूहबाट समाज लघुवित्त वित्तीय संस्थाको शेयर ४७ दशमलब ७९ प्रतिशतले वृद्धि भयो । मर्जर प्रक्रियाबाट बाहिरिएर केही महिना अगाडिदेखि मात्रै कारोबार हुन थालेको यो कम्पनीको बोनस शेयर समायोजनपछि १ सय भन्दा पनि मुनिबाट कारोबार शुरु भएको थियो । माइक्रोफाइनान्स समूहको शेयर सामान्यतया ५ सय रुपैयाँभन्दा मुनि कारोबार भएको छैन । त्यही कारणले समाजको शेयर आपूर्ति भन्दा माग बढी हुँदा लगातार सर्किट लेभलमा कारोबार रहेको छ ।

हाइड्रोपावर समूहबाट मान्डु हाइड्रोपावर, सामलिङ पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल लि, सगरमाथा जलविद्युत कम्पनी लि. र मोलुङ खोला हाइड्रोपावर धेरै मूल्य बढ्ने १० कम्पनीभित्र अटाएका छन् ।

लगानी समूह अन्तर्गतको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हाथवे इन्भेष्टमेन्ट समूह पनि बजार घट्दा पनि लगातार मूल्य बढ्दै गएको शेयरमा पर्न सफल भएको छ । त्यस्तै उत्पादनमूलक समूहबाट भने बोटर्ल नेपाल (बालाजु) लिमिटेड करिब दुई हप्तादेखि लगातार सर्किट लेभलमा कारोबार भइरहेको छ । न्यून चुक्ता पुँजी र उच्च नेटवर्थ रहेको यो कम्पनीले हरेक वर्ष आकर्षक लाभांश वितरण गर्दै आएको छ ।

नेप्से भन्दा द्रुत गतिमा घटे यी १० कम्पनी

नेप्सेले २१४१ को टप लगाइसकेपछि बिहीबारसम्म ४ दशमलब ३२ प्रतिशत घट्दा उच्च शेयर मूल्य घटेका कम्पनी भने ११ देखि १५ प्रतिशतसम्म घटेका छन् । सबैभन्दा मूल्य घट्ने कम्पनीहरुमा माइक्रोफाइनान्स समूहबाट धेरै परेका छन् । नेरुडे लघुवित्त, उपकार लघुवित्त, सिर्जनशील लघुवित्त, मेरो माइक्रोफाइनान्स र मिरमिरे लघुवित्त परेका छन् । लाइफ इन्स्योरेन्स समूहबाट भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी परेको छ भने होटल समूहबाट चन्द्रागिरी हिल्स, हाइड्रोपावरबाट घलेम्दी हाइड्रो र फाइनान्सबाट जानकरी फाइनान्स सबैभन्दा धेरै मूल्य घट्ने १० कम्पनीमा परेको छ ।

comments powered by Disqus

सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jan 07, 2024 01:31 PM

आवेदन गर्ने सबैलाई परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।