Ipo.aspx merolagani - शेयरधनीहरुको खातामा आजदेखि लाभांश जम्मा गर्दै नेपाल टेलिकम

शेयरधनीहरुको खातामा आजदेखि लाभांश जम्मा गर्दै नेपाल टेलिकम

Jan 16, 2024 12:18 PM Merolagani

नेपाल टेलिकम लिमिटेड (NTC) ले आज (माघ २ गते) देखि शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश शेयरधनीहरुको खातामा पठाएको हो।

गत पुस २९ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही लाभांश आजदेखि शेयरधनीहरुको बैंक खातामा पठाएको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो। सो अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा जम्मा गरेको हो।

हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराई बैंक खाता अध्यावधिक गर्न अनुरोध गरेको छ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।