Ipo.aspx merolagani - एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2024 02:54 PM Merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सोमध्ये ५.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.२८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

पुस २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।