Ipo.aspx merolagani - सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Mar 02, 2024 06:33 AM Merolagani

यस साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २००५.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ३३.७४ अंक घटेर १९७२.०९ विन्दुमा बन्द भएको हो।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साता सोमबार र मंगलबार नेप्से परिसूचक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.२० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.०५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ३२ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत भोल्यूम २४.७१ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २८.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.७८ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १.६९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ११.७७ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ४.१८ प्रतिशत बढेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.०६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २१३.३२ अंक घटेको छ।

नेप्सेमा यस साता ८ कम्पनीको २ करोड ११ लाख ३४ हजार ७४३.२४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, हाथवे इन्भेष्टमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स र फस्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता नबिल बैंकको ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएको हो।

यस साता बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य सर्वाधिक ६१.०५ प्रतिशत बढेको । त्यस्तै, यस साता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य १७.३४ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य १७.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको समाज लघुवित्तको शेयरमूल्य भने यस साता सर्वाधिक २०.९३ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी घटेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सिवाईसी लघुवित्त, गुराँस लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चन्द्रागिरी हिल्स, एशियन लाइफ इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

 

comments powered by Disqus

डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM

पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।