Ipo.aspx merolagani - सातामा १७ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो? कति बढ्यो?

सातामा १७ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो? कति बढ्यो?

Feb 03, 2024 06:16 AM Merolagani

यस साता नेप्से परिसूचक १७ अंक घटेर बन्द भएको छ। गत साता २०८४.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८२ प्रतिशत अर्थात १७.०८ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से परिसूचक उकालो लागेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताका अन्तिम दुई कारोबार दिन नेप्से घटेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.४६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.२५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस दिन दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९२ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या १४.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.४६ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.७५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब घटेर ३२ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको छ।

यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ। कारोबारमा आएका लघुवित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक यस साता २ प्रतिशतभन्दा बढी घटेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २०१.२२ अंक घटेको छ।

यस साता समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ३९.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता रावा इनर्जीको शेयरमूल्य २४ प्रतिशतभन्दा बढी बढेको छ भने सामलिङ्ग पावर कम्पनीको १७ प्रतिशतभन्दा बढी बढेको छ। यस साता मोलुङ्ग हाइड्रोपावर कम्पनी र इन्फिनिटी लघुवित्तको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सपोर्ट लघुवित्त, एभरेष्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने हिमालयन डिष्टिलरी, कुमारी बैंक, समता लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।