Ipo.aspx merolagani - सातामा ३ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा ३ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 20, 2024 06:40 AM Merolagani

यस साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साता २०८८.९९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.२० प्रतिशत अर्थात ६६.८३ अंक बढेर २१५५.८२ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको पहिलो दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। साताका अन्तिम दुई कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.४७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.२९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६५ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५४.१५ प्रतिशत बढी हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ४३.३३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९५.३८ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३.२० प्रतिशत बढेको छ। गत साता ३२ खर्ब ८१ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ५ अर्ब बढेर ३३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ८.९३ प्रतिशत बढेको छ। गत साता १५९२.२७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १४२.१३ अंक बढेर १७३४.४० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १६०.३२ अंक बढेको छ।

यस साता व्यापार र होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक १.३४ प्रतिशत घटेको छ।

यस साता हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४४.२८ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता रिडी पावर कम्पनीको शेयरमूल्य साढे २८ प्रतिशत बढेको छ भने लिबर्टी इनर्जी र नेपाल वेयर हाउजिङ्गको शेयरमूल्य २५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ९.०७ प्रतिशत बढेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेशनल लघुवित्त, स्ट्याण्डर्ड चार्टर्ड बैंक, युनिक नेपाल लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छन् भने धौलागिरी लघुवित्त, सूर्योदय वोमी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।