Ipo.aspx merolagani - सातामा करिब साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Feb 10, 2024 06:13 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०६७.०१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४२ प्रतिशत अर्थात २९.३१ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.७१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ८६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.९४ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३६.०२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.१९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब बढेर ३२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.२९ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७१ अंक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस साता ०.८७ प्रतिशत अर्थात ०.१६ प्रतिशत घटेको छ।

यस साता ४ कम्पनीको ९ करोड ६१ लाख ५८ हजार ४०७.५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत भएको हो भने सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था बोनस शेयर सूचीकृत भएको हो।

यस साता समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५८.३८ प्रतिशत बढेको छ। त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब ३१ प्रतिशत बढेको छ भने बुद्धभुनि नेपाल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २१ प्रतिशतभन्दा बढी बढेको छ। यस साता स्टकहरुको शेयरमूल्य गिरावट दर १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, उन्नती सहकार्य लघुवित्त, मानुषी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कुमारी बैंक, एनएमबि ५०, नबिल ब्यालेन्स्ड फण्ड २ लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।