Ipo.aspx merolagani - सातामा करिब २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 13, 2024 06:40 AM Merolagani

यस साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०४९.२८ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९४ प्रतिशत अर्थात ३९.७१ अंक घटेर २०८८.९९ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.२४ प्रतिशत बढेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३३.०४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.३५ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ३.०७ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता ९७ अर्ब रुपयाँ बढेर ३२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशत बढेको छ। गत साता १५१५.११ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.१६ अंक बढेर १५९२.२७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १८९.८३ अंक बढेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.५८ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५.३४ अंक घटेको छ।

यस साता ३ कम्पनीको ११ करोड ४२ लाख १४ हजार १०३.५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता हिमालयन रि इन्स्योरेन्सको आईपीओ, सानिमा बैंकको बोनस शेयर र सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक ६१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयरमूल्य ६०.९८ प्रतिशत बढेको छ भने तेह्रथुम पावरको ४१.४९ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन बैंकको संस्थापक शेयरको मूल्य भने यस साता सर्वाधिक ३९.२१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छ भने शुभम पावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।