Ipo.aspx merolagani - सातामा करिब साढे ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब साढे ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 27, 2024 06:37 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २१५५.८२ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.३३ प्रतिशत अर्थात ७१.७३ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ।

यस साता पाँचै कारोबार दिन नेप्से घटेको थियो। गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस साता भरी नै सोही क्रमलाई निरन्तरता दिएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.६० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ३.५९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०२ प्रतिशत घटेको छ।

 

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २० करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३.७९ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३६.३२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३३.५२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको बजार पूँजीकरण ३.३४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १३ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ७३ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२१ प्रतिशत बढेको हो। गत साता ५५३२.१८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६६.७६ अंक घटेर ५५९८.९४ विन्दुमा पुगेको छ।

यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३१७.३५ अंक घटेको छ।

यस साता मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३४.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता समाज लघुवित्तको शेयरमूल्य २२.७० प्रतिशत बढेको छ भने चन्द्रागिरी हिल्सको शेयरमूल्य १३.५९ प्रतिशत बढेको छ। कारोबारमा आएको सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १३.३७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सामलिङ्ग पावर कम्पनी, नेपाल रि इन्स्योरेन्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने शिखर इन्स्योरेन्स, विशाल बजार कम्पनी, इष्टर्न हाइड्रोपावर लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।