Ipo.aspx merolagani - सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

May 14, 2025 08:57 AM Merolagani

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको जेठ महिनाको औषत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ।

बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। बैशाखको तुलनामा जेठमा बैंकहरुको यस्तो ब्याजदर ०.०२७५ प्रतिशतविन्दु घटेको हो।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ वटा मध्ये ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्।

जेठ महिनाका लागि ब्याजदर घटाएका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी (१ प्रतिशतविन्दु) ब्याजदर घटाएको छ। बैशाख महिनामा ६.५ प्रतिशत रहेको यस बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, जेडमा ५.५ प्रतिशतमा झरेको छ। त्यस्तै, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशतविन्दु घटाएको छ।

बैशाखको तुलनामा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। जसमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दु बढाएको हो।

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।