आइतबार नेप्से परिसूचक ११.०६ अंक घटेर २६२ढ.८९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ९७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ८६ हजार ६३६ पटकको कारोबारमा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँबराबरको १ करोड ९९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन चिलिमे हाइड्राेपावर कम्पनी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७२ करोड ९५ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको साढे ६१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, यस दिन हाेटल तथा पर्यटन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी १.०५ प्रतिशत घटेको छ।