Ipo.aspx merolagani - जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण

जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण

Jun 09, 2025 03:24 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से बढ्दा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये यी दुई उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ। ८३ जलविद्युत कम्पनीहरु र अन्य उपसमूहका ६ कम्पनीहरुको शेयरमूल्य बढेसँगै यी दुई उपसमूहको परिसूचक उच्च दरका बढ्न पुगेको हो। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

सोमबार नेप्से परिसूचक २३.१९ अंक बढेर २६५३.०९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ७८ हजार ८४८ पटकको कारोबारमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँबराबरको १ करोड ७५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड २६ लाख ७१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम ५१ करोड नाघेको छ।

comments powered by Disqus

भारतका कोलकत्ता, मुम्बईसहित विश्वभरका ४८ शहर समुन्द्रमा डुब्दै, १६ करोड मानिसलाई अन्यत्रै सार्नु पर्ने

Jun 06, 2025 12:12 PM

बढ्दो जलवायु परिवर्तनका कारण विश्वका ४८ वटा शहरहरु समुद्रमा डुब्दै गइरहेका छन् । त्यसमा बसोबास गर्ने कम्तिमा १६ करोड मानिसलाई अन्यत्र बसोवासको व्यवस्था नगरे जुनसुकै बेला खतरा आइलाग्ने एउटा अनुसन्धानले देखाएको छ ।