Ipo.aspx merolagani - साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

Dec 10, 2023 10:34 AM Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २४ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सले थप्यो आईपीओमा आवेदन दिने समय

Dec 17, 2023 06:35 AM

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।