Tue, Dec 19, 2023
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) ले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।