Tue, Dec 19, 2023
प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।
चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।