Tue, Dec 19, 2023
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) का शेयरधनीहरुको पनि यस वर्ष हात खाली हुने भएको छ।
अर्थात लघुवित्तले पनि यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।