Ipo.aspx merolagani - एनएमबि बैंकले पनि घटायो ब्याजदर

एनएमबि बैंकले पनि घटायो ब्याजदर

Dec 11, 2023 08:49 AM Merolagani

एनएमबि बैंक लिमिटेड (NMB) ले नयाँ ब्याजदर प्रकाशित गरेको छ। नयाँ सुचना अनुसार बैंकले ब्याजदर घटाएको छ। बैंकको घटेको ब्याजदर आज (मंसिर २५ गते) देखि लागु हुनेछ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।