मंसिर २९ गते बसेको साधना लघुवित्तको र मंसिर ३० गते बसेको नाडेप लघुवित्त (NADEP) को सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यी दुबै लघुवित्तहरुले लाभांश वितरण नगर्ने निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।