लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५.४२२२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थं) रहेको छ।
मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।