यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर (MEHL) को शेयर प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ७४ रुपेयाँ देखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको स्टक टिकर एमईएचएल रहेको छ।