Ipo.aspx merolagani - टेवा क्षेत्रमा बरुण हाइड्रोपावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

टेवा क्षेत्रमा बरुण हाइड्रोपावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Dec 30, 2023 06:19 PM Merolagani

यस साता हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा कम ०.२२ प्रतिशत घटेको छ। गत साता २३९२.२९ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ५.२९ अंक घटेर २३८७.०० विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN)।

यस साता कम्पनीको शेयरमूल्य १५ रुपैयाँ २० पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन २४४ रुपैयाँ ७० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता २२९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

टेवा क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य घटेर टेवा क्षेत्रमा पुगेको छ। हाल कम्पनीको टेवा क्षेत्र २२० देखि २३० सम्म रहेको छ। सो क्षेत्रबाट कम्पनीको शेयरमूल्य उकालो लागेमा २६० देखि २७५ सम्ममा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी देखिएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

मेरोलगानी एआई चार्टले यस कम्पनीको विश्लेषणमा हालसम्म ४ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटा सफल भएको छ भने एउटा कायम रहेको छ। एआईका अनुसार हाल कम्पनीको शेयर ‘पर्ख र हेर’ अवस्थामा रहेको छ।

बलियो भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य घटेपनि भोल्यूम भने बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ४९ हजार ३३३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २७ हजार ५१५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७९.२९ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश क्रशआभेर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा कम्पनी न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।

५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ४८ लाख ९२ हजार ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको प्रतिशेयर बुकभ्यालु २.१४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ५३ लाख ५८ हजार १५० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता २२९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब २२ करोड ९६ लाख ९५ हजार ४२५ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३०० रुपैयाँ रहेको छ भने न्यून मूल्य १९१ रुपैयाँ १० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २२६ रुपैयाँ ४९ पैसा रहेको छ।

ब्रोकर नम्बर ३८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३८ गते कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १४ हजार १३१ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर २२ गते कम्पनीको १३ हजार ४१९ कित्ता शेयर खरिद गरेको छ। यस साता सबैभन्दा बढी कम्पनीको शेयर बिक्री गर्ने ब्रोकर भने ७ नम्बर रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ९९ हजार २८० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनबाट फियर जोनतर्फ अघि बढीरहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus