यस साता कम्पनीको शेयरमूल्य ३० रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २९८ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
‘पर्ख र हेर’ को अवस्था
यस साता कम्पनीको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल कम्पनीको टेवा क्षेत्र २९० देखि ३१० सम्म रहेको छ भने प्रतिरोध क्षेत्र ३६० देखि ३७५ सम्म रहेको छ।
मेरोलगानी एआई चार्टले यस कम्पनीमा हालसम्म ४ वटा सिग्नल दिइसकेको छ। जसमा एउटा सिग्नलमा स्टप लस गर्नु परेको थियो भने बाँकी ३ वटा सिग्नलहरु अहिले चलिरहेका छन्। हाल कायम रहेको ३ सिग्नलहरुमध्ये पहिलोमा ३६.६७ प्रतिशत नाफा भएको छ भने दोस्रोमा ७.५४ प्रतिशत र तेस्रोमा ५.८१ प्रतिशत नाफा भएको छ।
खरिदकर्ता बलियो
यस साता साप्ताहिक रुपमा कम्पनीले छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको रातो मैनबत्तीले सो दिन बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम
यस साता कम्पनीको शेयरमूल्य बढेसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ८७ हजार ८७५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४७ हजार ३४६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८५.६० प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई बीचको दूरी बढेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ भने साताको अन्तिम दुई कारोबार दिन हिस्टोग्रामको उचाई बढेको छ। यसले यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी
यस साता स्टकास्टिक आरएसआईमा कम्पनी ओभरबट जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १० करोड १४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ।
सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १० करोड १४ लाख ३७ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ८ करोड ४५ लाख २४ हजार रुपैयाँ रहेको छ।
सञ्चालन मुनाफा भएपनि कम्पनीको ह्रासकट्टी खर्च बढेका कारण नोक्सानी व्यहोर्नु परेको हो।
३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १२ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ २२ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको प्रतिशेयर बुकभ्यालु ३.४१ गुणा रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ३ करोड २० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३२८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १० अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४१६ रुपैयाँ १० पैसा रहेको छ भने न्यून मूल्य २१६ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २७३ रुपैयाँ ६४ पैसा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिदबिक्री
यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६१ हजार २२२ कित्ता शेयर खरिद गरेको छ भने ९६ हजार ८९२ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर १३ गते कम्पनीको ३१ हजार ८२० कित्ता शेयर खरिद गरेको छ भने ४९ ले २३ हजार ८८० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने लोभ
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझ बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)