Ipo.aspx merolagani - निरन्तर पाँचौ कारोबार दिन घट्यो नेप्से

निरन्तर पाँचौ कारोबार दिन घट्यो नेप्से

Jan 01, 2024 03:13 PM Merolagani

नेप्से परिसूचक निरन्तर पाँचौ कारोबार दिन घटेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख २ हजार ९०५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको पनि २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।