Ipo.aspx merolagani - गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jan 07, 2024 06:58 AM Merolagani

गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २०६८.९० विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९५ प्रतिशत अर्थात १९.६२ अंक घटेर २०४९.२८ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सामध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो। गत साता बुधबार नेप्से परिसूचक करिब २८ अंक बढेको थियो।

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक टेवा क्षेत्रमा रहेको छ। हाल नेप्सेको टेवा क्षेत्र २०२० देखि २०६० सम्म रहेको छ। नेप्सेले यस अघि पनि सो क्षेत्रमा टेवा पाइसकेको छ। त्यसैगरी, यस साता नेप्सेको प्रतिरोध क्षेत्र २२४० देखि २२८० सम्म रहेको छ।

रिभर्सलको संकेत

गत साताको अन्तिम कारोबार दिन नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो बुलिश रिभर्सल संकेत हो। यसले आगामी दिनमा बजार बढ्न सक्ने संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेले २० दिने औषत भोल्यूम ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५.०९ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

गत साता नेप्सेले बियरिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम दुई कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 

comments powered by Disqus