Ipo.aspx merolagani - सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 06, 2024 07:59 AM Merolagani

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६८.९० विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९५ प्रतिशत अर्थात १९.६२ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको हो। यस साता बुधबार नेप्से परिसूचक करिब २८ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १८.२१ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १६.५१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १५.१४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.९५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८३ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता व्यापार, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७६.५१ अंक बढेको छ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत घटेको छ। गत साता ११,३६९.९८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५७५.०४ अंक घटेर १०,७९४.९४ विन्दुमा झरेको छ।

यस साता एभरेष्ट बैंकको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयरमूल्य ४६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस साता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य ३४ प्रतिशतभन्दा बढी बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य २४ प्रतिशतभन्दा बढी बढेको छ। यस साता सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ११.३१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ सूचीको शीर्ष स्थानमा रहेका छन् भने शुभम् पावर कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, इन्फिनिटी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।