Ipo.aspx merolagani - झिनो अंक घट्यो नेप्से, कारोबार रकममा पनि घट्यो

झिनो अंक घट्यो नेप्से, कारोबार रकममा पनि घट्यो

Jan 23, 2024 03:10 PM Merolagani

मंगलबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स र नेपाल ल्यूब आयल लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन एनएमबि माइक्रोफाइनान्स र तेह्रथुम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावरको १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १३ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।