Ipo.aspx merolagani - निरन्तर ४ कारोबार दिन घटेपछि नेप्से पुनः २१०० विन्दुभन्दा तल

निरन्तर ४ कारोबार दिन घटेपछि नेप्से पुनः २१०० विन्दुभन्दा तल

Jan 22, 2024 03:09 PM Merolagani

नेप्से परिसूचक निरन्तर ४ करोबार दिन घटेर पुनः २१०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से, यस दिन सो विन्दुभन्दा तल बन्द भएको हो।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३१.४९ अंक घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको १ लाख ५० हजार पटकको कारोबारमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने आशा लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८.३३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम २४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।