Ipo.aspx merolagani - सूचक निरन्तर ओरालो लागेपछि सुस्ताउन थाल्यो शेयर बजार

सूचक निरन्तर ओरालो लागेपछि सुस्ताउन थाल्यो शेयर बजार

Jan 24, 2024 03:08 PM Merolagani

नेप्से परिसूचक निरन्तर ओरालो लागेपछि शेयर बजार सुस्ताउन थालको छ। नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। त्यससँगै पछिल्लो समय भोल्यूम पनि दैनिक घट्दो क्रममा रहेको छ।

बुधबार नेप्से परिसूचक १०.२५ अंक घटेर २०८८.०४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गुराँस लघुवित्त र समाग लघुवित्तको शेयरमूल्य ६.०८ प्रतिशत बढेको छ। यस दिन तेह्रथुम पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ६.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण काबेलीको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो। कारोबारमा आएको जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।