Ipo.aspx merolagani - मिर्मिरे लघुवित्तको प्रस्तावित लाभांश रद्द

मिर्मिरे लघुवित्तको प्रस्तावित लाभांश रद्द

Jan 25, 2024 09:57 AM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

लाभांश प्रस्ताव गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश रद्द गरिएको लघुवित्तले जनाएको छ। माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो।

comments powered by Disqus

कसका लागि उठायाे एउटै ब्रोकरले १५ लाख कित्ता हिमालयन रिइन्स्योरेन्सको शेयर?

Jan 22, 2024 06:33 AM

हिमालयन रिइन्स्योरेन्स कम्पनी (HRL) को शेयर कारोबारले अहिले शेयर बजारमा तहल्का मच्चाएको छ । विवादका बीच केही दिन अघि १०६ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा तीन करोड कित्ता आईपीओ बिक्री गरेको कम्पनीको अहिले दोस्रो बजारमा दैनिक रुपमा मूल्य बढेर लाखौं कित्ता किनबेच भइसकेको छ ।