प्रतिरोध क्षेत्रमा
साताको अन्तिम कारोबार रकम कम्पनीको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हालको लागि कम्पनीको प्रतिरोध क्षेत्र ४४० देखि ४५० सम्म रहेको छ। कम्पनीले सो क्षेत्रमा प्रतिरोधको सामना गरेर ओरालो लागेमा ३९० देखि ४०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता हाबी
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा भने कम्पनीको शेयरमूल्यले लामो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साताको सुरुवातमा कम्पनीको शेयरमूल्य घटेपनि अन्त्यतिर भने खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआईले हालसम्म कम्पनीमा ५ सिग्नल दिइसकेको छ। जसमध्ये ३ सिग्नल सफल भएको थियो भने दुई सिग्नलमा स्टप लस गर्नु परेको थियो।

कमजोर भोल्यूम
यस साता कम्पनीको भोल्यूम भने कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा २५ हजार ४७६ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४० हजार १२४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा ३६.५० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यमा भने एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

खरिदबिक्री चाप सन्तुलनमा
साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयर न्यूट्रल जोनमा रहेको छ। यसले सो साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ करोड ६० लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ लाख ९५ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ६० लाख रुपैयाँबाट बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा २ करोड ३९ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च १८ लाख रुपैयाँबाट बढेर ५१ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनसशेयर वितरण गरेको यस कम्पनीको चुक्ता पूँजी ३५ करोड ९४ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोष ६ करोड २० लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा रहेको छ भने बुकभ्यालु ११७ रुपैयाँ २८ पैसा रहेको छ। यस साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २५.०७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.८१ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको ३५ लाख ९४ हजार ४१८.९० कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ३५८ रुपैयाँ ३० पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४५२ रुपैयाँ ६० पैसा रहेको छ भने न्यून मूल्य ३०३ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ६० करोड ७७ लाख ८३ हजार ५७३ रुपैयाँ ९७ पैसा रहेको छ।
ब्रोकर ६६ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६६ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ४४ हजार १३७ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५० ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १७ हजार ४९ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा
फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)